कसले बुझने ग्राहकका सास्ती ? गाउँपालिकामा बैंक नहुँदा भूकम्पपीडितलाई अनुदान रकम लिन समस्या !


  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ- हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा बैंक नहुँदा भूकम्पपीडितहरुले सास्ती व्यहोर्नुपरेको छ । सरकारले दिएको अनुदान रकम लिन उनीहरुलाई समस्या भएको हो । बुधबार कावासोतीमा भएको एक कार्यक्रममा बोल्दै विभिन्न स्थानीयहरुले तीनवटै स्थानीय तहमा बैंक नहुँदा निजी आवास निर्माणको अनुदान लिन स्थानीयलाई समस्या भएको बताएका थिए ।

नेपाल राष्ट्र बैंकले विभिन्न बिकट क्षेत्रमा पुग्न बैंकहरुलाई निर्देशन दिएको भए पनि बौदीकालीका भूकम्पपीडितले कावासोती र दलदलेमा रहेका विभिन्न बैंकबाट अनुदान रकम बुझ्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्