कामना सेवा विकास बैंकको नयाँ शाखा चाबहिलमा, कुल शाखा संख्या ६६ पुग्यो

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा फागुन १२ गते आफ्नो ६६औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताएका छन् । काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीयक्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझतिव्रताका साथ अघि बढाउने बताउने बताएका छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६६ वटा शाखा तथा २० वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले अन्य सेवाहरु लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्