नेपाल क्यान्सर अस्पतालले प्रदान गर्ने सेवामा नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई १०% सम्म छुट
काठमाडौँ - नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पताल,हरीसिद्धी ललितपुरबीच सम्झौता भएको छ । उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भुषण श्रेष्ठ र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले नेपाल बङ्गलादेश बैंक लि.द्वारा जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा ५-१० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाइएको छ । उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।