ग्लोबल आइएमई बैंकद्वारा बसुन्धारामा क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बसुन्धारा स्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षकहरुको उपस्थित रहेका थियो ।

उक्त कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पारेका थिए । यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तुती दिएको थियो ।

बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा आईपर्ने प्राकृतिक विपत्तिहरुस बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्