२ अर्ब २३ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । ट्रेजरी बिलमा लगानी गर्न इच्छुकले दिउसो ३ बजे सम्म बोलकबोल मार्फत सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल मंगलबारदेखि जारी हुनेछ ।

बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी बिल २०७६ जेठ १४ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो

प्रतिकृया दिनुहोस्