माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्धारमा, ९४ ठाउँमा सञ्जाल !

काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बर्दियाको ठाकुर बाबागाउँपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले गरे । उक्त शाखा कार्यलयमा बैंकले एटीएमको पनि व्यवस्था गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना ९४ वटा शाखाहरु, ११६ वटा एटीएम र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १ सय ५७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्