एनसीसी बैंकका सम्पूर्ण शाखाबाट आइएमई जनरल इन्स्योरेन्सका बीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ - आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक)बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धकद्वय शरण रेग्मी तथा पवन थापा साथै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रबन्धक राजेशराज ढुंगेलको उपस्थिती रहेको थियो । सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए

प्रतिकृया दिनुहोस्