नबिल बैंकको सेयर कारोबारमा यसरी भयो 'इन्साइडर ट्रेडिङ', के हेर्दैछ नियामक धितोपत्र बोर्ड ?

 Nabil Bank

बैंकिङ संसार सम्बाददाता 
    काठमाडौँ - नबिल बैंकको सेयर कारोबारमा इनसाइडर ट्रेडिङ भएको लगानीकर्ता र ब्रोकरहरुले आरोप लगाएका छन् । आगामी फागुन २५ गते बस्न लागेको बैंकको ३४ औं वर्षिक साधारण सभामा प्रस्तुत हुन लागेको ‘बैंकको तत्कालीन संस्थापक सेयरधनीहरु मध्येका एक एन आईडिसी डेभलपमेन्ट बैंकले साविकमा सार्वजनिक बोलकबोल मार्फत बिक्री गरेको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरधनी समूहमा परिवर्तन गर्न बैंकको सञ्चालक समितिको सिफारिससहित नेपाल राष्ट्र बैंकको स्वीकृतिको निमित्त निवेदन दिई आवश्यक स्वीकृती समेत प्राप्त भइसकेको हुँदा सोहि अनुरुप सेयर समूह परिणत गर्ने’प्रस्तावले नबिल बैंकको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ भएको हो ।

    यसो त कतै नभएको व्यवस्था नबिल बैंकमा छ । सर्वसाधारण, बिशेष संस्थापक र सामान्य संस्थापक सेयर गरी तीन प्रकारमा सेयर रहेको छ । जसअम्ध्ये एनआईडिसीबाट बेचिएको विशेष संस्थापक सेयर हो । एनआईडिसीबाट बेचिएको सेयर संस्थापक नबिलको रूपमा बजारमा कारोबार भइरहेको छ । यसरी हेर्दा बैंकले साधारणसभामा लैजान लागेको प्रस्ताव नै असाधारण खालको रहेको ब्रोकर र लगानीकर्ताहरुको भनाइ छ । 

    यसरी भयो इन्साइडर ट्रेडिङ !
    प्रमोटर पब्लिकमा आउनु भन्नुलाई नै चलखेल गर्ने माध्यमका रुपमा लिने गरिन्छ । दश प्रतिशत संस्थापकलाई सर्वसाधारणमा लैजाने प्रस्ताव बाहिरिएसँगै बजारमा तीब्र चलखेल भएको छ । बैंक आफैले सूचना चुहाउनाले मूल्यमा चलखेल गरेको अधिकांस लगानीकर्ताको आरोप छ । भएको लगानीकर्ताको भनाई छ । बैंकले सबै संस्थापकलाई समान हिस्सा दिनुपर्नेमा एक पक्षलाई मात्रै सेयर बेच भन्नु न्यायोचीत नहुने धेरैको विश्लेषण छ । अझ खास कुरा त के छ भने एउटै बैंकको दुई संस्थापक सेयर रहेको र दुईमा पनि एक मात्र बेच्न खोज्दा बजारमा गतल सूचना गएर इन्साइडर भएको छ । 

    के हेर्दैछ धितोपत्र बोर्ड ?
    यस विषयमा धितोपत्र बोर्ड भने केहि पनि बोलिरहेको छैन । यसो त यस्ता गलत काममा कारवाहीका लागि आवश्यक कानुन नहुँदा पनि समस्या भएको जानकारहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्