कञ्चनपुरको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा पुग्यो कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं - कृषि विकास बैंकले कञ्चनपुर जिल्लाको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । सो एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र विद्यालयका अध्यक्षले संयूक्त रुपमा गरे ।

समारोहमा विद्यालयका अध्यक्षले बैंकले उपलव्ध गराउने सेवाहरुले यस विद्यालयमा अध्ययनरत विद्यार्थी लगायत कञ्चनपुर बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना व्यक्त गरे । कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराउंदै यस विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई एटिएम, एसएमएस, मोवाईल बैंकिङ सुविधा छिटो भन्दा छिटो स्मार्ट बैकिङ सेवाहरु निशुल्क सेवा प्रदान गर्ने तथा विद्यालय हाता भित्र बन्ने क्रिकेट मैदानलाई बैंक सहयोग गर्ने भनि बताए । साथै स्थानीय जनता र विद्यालयको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले प्रकाश पारे ।

त्यस्तै गरी बैंकका का.मु.उप–महाप्रबन्धक चुडामणी तिम्सिनाले देशका यूवा शक्तिलाई कृषि विकास बैंकप्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने कुराको जानकारी दिए भने कृषि विकास बैंक क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ सेवाका बारेमा जानकारी दिए ।

प्रतिकृया दिनुहोस्