ललितपुरको पुल्चोक वडा कार्यालयमा माछापुच्छ्रे बैंकको नयाँ एटिएम, एटिएम सङ्ख्या ११५ पुग्यो !

काठमाडौं - माछापुच्छ्रे  बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा एटिएमको औपचारिक सुरुवात गरेको छ । बैंकले फाल्गुन १४ गते ललितपुर महानगरपालिका स्थित ३. नं. वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो ।

२४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको उद्घाटन ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनले गरे । यस एटिएम को सुरुवात सँगै बैंकको कुल एटिएम सङ्ख्या ११५ पुगेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखा, ६३ शाखा रहित बैकिङ १सय १५ वटा एटिएम  मार्फत आफ्ना ग्राहाकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्