नेपाल इन्भेष्टमेन्ट बैंकको एजिएम पुस २९ मा, यस्ता छन् पेस हुने प्रस्तावहरु
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh8Tn3nGVIM4moJlaGJPPTHG-qMNg2OA8vYuAwBAadKQhojCNP2z2Z7hZtOE3LGrYU-VuLiqEav58xcIxMPuu1iEjdJhiROqwqpH11DMVoLCsfYCultZHU9W6SoAgMvtyUYHyTDehnA2zDp/s640/2.jpg)
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । पुस १० गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् । बैंकले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभाका लागि बैंकले पुस ११ गते देखि बुक क्लोज गरेको छ ।
साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुनेछ । बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा हुनेछ ।
हाल यो बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्नेछ ।