मोरङ्गको मधुमल्लामा पुग्यो राष्ट्रिय वाणिज्य बैंकको शाखा, २१७ ठाउँमा सञ्जाल
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh00Uhzd-xQcw9W8GCaC9c2LcYYOL264dLzPTs5ZiO1X6uHFhwRx23VgAYZGAm2yXMzaWU0Uy31ch6x0yrZLY4EBfoFHRWTijeY8YW4drYjb1lc-cQH4XPYOUwnv3LQNSlFGDHa2j4Uh49O/s640/2.jpg)
काठमाडौं - राष्ट्रिय वाणिज्य बैकले मोरङ्ग जिल्लाको मिल्काजुङ्ग गाउँपालिका वडा नम्बर–९ स्थित शाखा कार्यालय मधुमल्लाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त नयाँ शाखा कार्यलयको समुद्घाटन नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा गरे ।
सो कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्योउनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताए । सोही कार्यक्रममा बेदमाया अर्याल न्यौपानेलाई सहुलियतपूर्ण कृषि कर्जा र गणेश दर्जीलाई विपन्नवर्ग कर्जा समेत प्रदान गरिएको थियो ।
हाल बैंकले ७७ जिल्लामा २ सय १७ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ ईकाइ मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।