लाइफ इन्स्योरेन्स कर्पोरेसनको एजिएम चैत ४ मा, १२% बोनससहित यस्ता छन् पेस हुने प्रस्ताव !

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसनको १२ प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित चैत ४ गते वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीले साधारण सभा गर्न फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे सुरु हुनेछ । 

सभामा कम्पनीले बोनसमा लाग्ने कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश दिने एजेन्डा सहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लैजाने भएको छ । यस्तै प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पेश हुने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

प्रतिकृया दिनुहोस्