रुपन्देहीको फर्साकिटरमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको भिसा डेबिट कार्ड सञ्चालन

काठमाडौं - शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले पनि एटिएम कार्डको औपचारिक सुरुवात गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकको कार्ड प्रयोग गर्ने सेवाग्राहीले नेपाल इलेक्ट्रोनीक पेमेन्ट सिस्टमसँग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुसँग कारोबार गर्दा कुनै सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

बैंकले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको सौ.फर्साकिटरमा शाखा कार्यालयको समुद्घाटन गरेको छ । शाखा कार्यालय एक समारोह बीच शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले समुद्घाटन गरेका हुन् । उक्त शाखाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले प्रत्येक नागरीकलाई समृद्धिको अभियानमा सहभागी गराउन बैंकले अघि सारेको एक घर एक खाता अभियान सार्थक हुने बताउनु भयो । उहाँले सकारात्मक सोचको बिकास गरी सरकारले दिएका अनुदानलाई सदुपयोग गर्न स्थानीय किसान तथा उद्यमीलाई आग्रह गरे ।

उक्त अवसरमा स्थानीय जेष्ठ नागरीकहरु ९४ वर्षीय हरीप्रसाद अधिकारी, ९३ बर्षीय एकदेव गौतम, ८५ वर्षीय चिनक यादव र ८४ वर्षीय रनबहादुर बि.कलाई बैंकको बचत खाता खोली चेक हस्तान्तरण गरी कदर पत्र र दोसल्ला ओढ्याई सम्मान गरेको थियो भने स्थानीय आमा समुहहरु राधाकृष्ण आमा समुहका अध्यक्ष देबी सापकोटा, मनकामना आमा समुहका अध्यक्ष गोमता न्युरे, बेधानी आमा समुहका अध्यक्ष सीता ढकाल, जुगडीहवा आमा समुहका अध्यक्ष रुक्मिणी थारु, नवदुर्गा आमा समुहका अध्यक्ष गुनेश्वरी थारु, जनकपुर आमा समुहका अध्यक्ष रोमा क्षेत्री, शान्ति आमा समुहका अध्यक्ष शुभद्रा रेग्मी, पश्चिम मैनहिया आमा समुहका अध्यक्ष शुशिला थारु, पुर्व मैनहिया आमा समुहका अध्यक्ष पार्वती थापा र फर्साटिकर आमा समुहका अध्यक्ष राजेश्वरी सिंहलाई सम्मान गरेको थियो ।

बैकका प्रमुख जोखिम अधिकृत सिए यशोधन पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता गर्नु भएका बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय संस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराउँदै स्थापनाका १० वर्ष पुरा गर्न लाग्दा १ अर्व ६२ करोड चुक्ता पुजी, १६ अर्व ७० करोड निक्षेप, १५ अर्व ७० करोड कर्जा र २ लाख ग्राहक भएको प्रदेश नं. ५ को सबैभन्दा ठुलो बिकास बैकका रुपमा स्थापित भएको बताए ।

प्रतिकृया दिनुहोस्