आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ बिक्री खुल्ला, कहाँ जाने भर्न ?

 adhikhola laghubitta
  • बैंकिङ संसार
काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्थाले असार २२ गतेदेखि ४ लाख कित्ता आइपीओ निष्काशनमा ल्याएको छ। जसमा ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित बिक्री गरिने छ भने २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । आँधिखोलाको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा साउन २० गतेसम्म भर्न मिल्नेछ । 

यो आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई तोकिएको छ । आइपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट यो आइपीओमा आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्