ग्लोबल आइएमई बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेशनबीच सम्झौता

 global ime bank
  • काठमाडौं 
बैंकिङ संसार - ग्लोबल आइएमई बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच ऋणको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले सयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैयाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ ।

सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ ।आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैंकको योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्