प्राइम कमर्सियल बैंकको तेस्रो त्रैमास: खुद नाफा ३१.३६% वृद्धि गरी पुर्यायो एक अर्ब ५४ करोड ७९ लाख ५ हजार...!

 prime commercial bank
  • बैंकिङ संसार
काठमाडौं - प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५४ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ३१.३६% ले बढी हो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ७९ लाख ८८ हजार रुपैयाँ रहेको छ । 

प्राइमले यस अवधिमा ६८ अर्ब ६५ करोड ७८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी  ६९ अर्ब ८६ करोड ३९ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यस अवधिमा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी गरेको वित्तिय विवरण सार्बजनिक गरेको हो।  

यस्तै खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४२.१५% ले बढाएर २ अर्ब ६० करोड १५ लाख ३० हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा २८.६७% ले  बढाएर २ अर्ब १९ करोड ९२ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । 

चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । बैंकले जगेडा कोषमा २ अर्ब ३३ करोड ३८ लाख ६ हजार रुपैयाँ जम्मा गरेको छ। 

बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १३ पैसाले बढेर २५ रुपैयाँ ६९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा छ ।

प्रतिकृया दिनुहोस्