स्वाभिमान माइक्रोफाइनान्स र जनसेवी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम मौका !

janasewi laghubitta

  • बैंकिङ संसार
काठमाडौं - जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आज अन्तिम मौका रहेको छ । यी दुवै कम्पनीको साधारण सेयरमा माग भन्दा बढी आवेदन परिसकेको छ ।

जसमा स्वाभिमान माइक्रोफाइनान्सको आइपीओमा कुल ४८ करोड १६ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २ लाख ६४ हजार २८६ जना लगानीकर्ताले ४८ लाख १६ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन्् । उक्त आइपीओमा अहिलेसम्म २५.९५ गुणा बढी आवेदन परेको हो ।

स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । साथै सी–आस्वाको माध्यमबाट सेयर भर्नुपर्नेछ ।

जनसेवी लघुवित्त वित्तीय संस्थाले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ ल्याएको हो । संस्थाको सोमबार साँझसम्ममा ४८ करोड ६८ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार २ लाख ६९ हजार ९५७ जना लगानीकर्ताले ४८ लाख ६८ हजार ३४० कित्ताका लागि आवेदन दिएका हुन् । सोमबार साँझसम्म यसमा ११.२४ गुणा बढी आवेदन परेको देखिन्छ । 

जनसेवीको कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओमा२३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्