मुक्तिनाथ विकास बैंकले ल्यायो “मुक्तिनाथ जीवन बरदान योजना”, यस्ता छन् सुविधाहरु !

Muktinath Bikash Bank
  • बैंकिङ संसार
काठमाडौँ - मुक्तिनाथ विकास बैंकले बीमा सुविधा सहितको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । “बैंकले मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको हो । मुक्तिनाथ जीवन बरदान योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।

मुक्तिनाथ जीवन बरदान योजना अन्तर्गत ग्राहकले १० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् ।

साथै, २० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा )प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्