माछापुच्छ्रे बैंकका सबै शाखाबाट एशियन लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा लिन सकिने

काठमाडौँ - एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायणप्रकाश भुजुले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

माछापुच्छ्रे बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्