धनगढीको निसर्ग अस्पताल परिसरमा जनता बैंकको एटिएम सेवा, एटिएम संख्या ९४ पुग्यो

काठमाडौं - जनता बैंक नेपालले धनगढी उप महानगरपालिका वडा नं ५, हसनपुर डिभोटी चोक स्थित निसर्ग अस्पताल परिसरमा एटिएम सेवा सुरु गरेको छ । यो बैंकको ९४औं एटिएम हो । सो एटिएमको उद्घाटन धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रील संयुक्त रुपमा गरे ।

यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

हालसम्म बैंकले १ सय २८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्