ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने, नेप्सेमा सेयर कारोबार रोकियो


काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले हाथवे फाइनान्सलाई एक्वायर गर्ने भएको छ । यी दुवै कम्पनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरी एक्विजिसन प्रक्रिया अघि बढाएका छन् । ग्लोबल आइएमईले एक्वायर गर्ने सहमतिपछि नेप्सेमा हाथवेको सेयर कारोबार रोकिएको छ ।

हाथवे राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो । यसले राष्ट्र बैंकले तोकेको न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकेको छैन । हाल यसको चुक्ता पुँजी ३० करोड रुपैयाँ मात्र छ । ग्लोबल आइएमईको भने चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस्