कुमारी बैंकको ५ नयाँ शाखा विस्तार : केन्द्रीय कार्यलयबाटै ई उद्घाटन, कहाँ कहाँ पुग्यो सेवा ?

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं - कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर ५ नयाँ शाखाहरुको विस्तार गरेको छ । बैंकले उक्त नयाँ शाखाहरुको ई उद्घाटन गरेको हो । बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो ।

उक्त नयाँ शाखा उद्घाटन समारोह बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाईल प्रविधिबाट ई उद्घाटन गरेका हुन् ।

उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन चाँही बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो । हालसम्म बैंकले ९८ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्