हिमालयन बैंकको ३० लाख इकाई ऋणपत्र साउन २ गतेबाट आउदै : अवधि ७ वर्ष, ब्याजदर १० प्रतिशत

 himalayan bank
  • बैंकिङ संसार
काठमाडौं - हिमालयन बैंकको ३० लाख इकाई ऋणपत्र साउन २ गतेदेखि आउने भएको भएको छ । बैंकले कुल इकाई ऋणपत्रमध्ये १२ लाख युनिट सर्वसाधारणलाई बिक्री गर्ने छ भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ६० हजार इकाई बिक्री गर्नेछ । 

बैंकले बाँकी १८ लाख युनिट आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधिको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ ।

यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ भने बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई तोकिएको छ । यो ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिनेछ । साथै बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको हो । 

लगानीकर्ताले हिमालयन बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट पनि यसमा आवेदन दिन सकिनेछ । 

प्रतिकृया दिनुहोस्