नेरुडे लघुवित्तको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्ला, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल !

 nerude laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्ला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असार १७ गतेसम्म यसमा बोलपत्र पेश गर्न सकिनेछ । 

यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । 

यस सेयर लिलामी बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंलाई तोकिएको छ ।

प्रतिकृया दिनुहोस्