सिद्धार्थ बैंकको थप दुई नयाँ शाखा जुम्ला र सिन्धुलीमा विस्तार

 siddhartha bank
  • बैंकिङ संसार
काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा गरी दुई शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की गरेका छन् । त्यस्तै, जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र जुम्लाजिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीले संयुक्त रुपमा गरेका हुन् ।

यससँगै, बैंकको शाखा संख्या ४ एक्स्टेन्सन् काउन्टर सहित १५६ पुगेको छ । त्यस्तै, बैंकले १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्