सांग्रिला डेभलोपमेन्ट बैंकको यहि हो 'क्रिएटिभ' काम ? प्रोडक्ट थिमसमेत 'चोरीको माल' !

 Sangrila development bank
  • बैंकिङ संसार  
काठमाडौँ । संस्थागत सुशासनको अभावदेखि सीइओका कारणसमेत पटक पटक विवादमा आएको बैंक सांग्रीला डेभलोपमेन्ट बैंक पछिल्लो समय बैंकले ल्याएको प्रोडक्टका कारण पुन: विवादमा तानिएको छ । बैंकले ल्याएको 'बचत पनि, बीमा पनि' नामको प्रोडक्टलाई लिएर बैंक विवादमा तानिएको हो । यस अघि नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो प्रचारात्मक सामाग्रीमा 'बचत पनि जीवनबीमा पनि' नामको प्रोडक्ट थीम प्रयोग गरेको थियो । अहिले नेपाल लाइफको सो थीममा 'जीवन' भन्ने शब्दमात्र हटाएर सांग्रीलाले 'बचत पनि, बीमा पनि' राखेर प्रोडक्ट ल्याएको छ ।

बैंकले यो खातामा जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी ३ वटा नयाँ बचत खाताहरू रहेको बताएको छ । ती विभिन्न खाताहरू खोल्ने ग्राहकका लागि १६ लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरिएकोसमेत बैङ्कको दावी छ । यसमा खाताको प्रकृति अनुसार दुर्घटना बिमा, औषधि उपचार बिमा तथा घातक रोगको उपचार बिमा सम्बन्धी सुविधाहरू रहेको बैंकको दावी छ । तर प्रोडक्टको नामसमेत आफैं जुराउन नसक्ने बैंकले ग्राहकहरुलाई के सुविधा देला र ? भन्ने प्रश्न भने उठेको छ ।

नयाँ मान्छे, चोरीको काम ! 
केहि समय अगाडी एनआइसी एशिया बैंकमा रहँदा बैंकिङ संसार डटकमका सम्पादकमाथि 'मिसबिहेब' गरेपछि विवादमा तानिएका रवि केसीलाई अन्तत: उक्त बैंकले विदा गरेको थियो । अहिले उनी सांग्रिलामा कर्पोरेट कम्युनिकेसनमा आएका छन् । उनी आउने बित्तिकै सार्वजनिक भएको यस्तो 'चोरीको प्रोडक्ट थिम'ले बैंकलाई झन् बदनाम बनाउँदै गएको छ । यस विषयमा उनै केसीसँग बुझ हामीले बैंकमा सम्पर्क गरेका थियौं । तर बैंकका कर्मचारीले उनलाई ट्रान्सफर गरिदिने भन्दै फोन नै काटिदिए । हामी उनीसँग थप कुराकानी गरेर यस विषयमा समाचारको अर्को सृंखला तयार गर्ने कोसिस गरिरहेका छौँ ।    

यो पनि पढ्नुहोस् :

प्रतिकृया दिनुहोस्