सिभिल बैंकको १ लाख ४९ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

 civil bank
  • बैंकिङ संसार
काठमाडौं - सिभिल बैंकले आइतबारदेखि १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । जसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् । न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सिभिलको संस्थापक सेयर लिलामीमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौंमा पुग्ने गरी बालपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्