डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६८.७८ प्रतिशतले बढ्यो, अन्य महत्वपूर्ण सूचकमा यसरी हुँदैछ सुधार

 deprose laghubitta
  • बैंकिङ संसार
काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवण प्रकाशन गरेको छ । संस्थाले चैत मसान्तमा खुद नाफा ६८.७८ प्रतिशतले वृद्धि गरी २८ करोड ७२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष संस्थाले सोही अवधिमा १७ करोड ७५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो । 

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार आएको छ । खुद ब्याज आम्दानी २८.२९ प्रतिशतले बढेर ५८ करोड ४० लाख २९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६८.२८ प्रतिशतले बढेर ३८ करोड ७२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाले ३ अर्ब ३४ करोड ३१ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ६३ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चैत मसान्तसम्म संस्थाको चुक्ता पुँजी ९.९९ प्रतिशतले बढेर ७७ करोड ३४ करोड १० लाख रुपैयाँ पुगेको छ । जगेडा कोष ४०.०२ प्रतिशतले बढेर ६४ करोड २८ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसको जगेडा कोषमा ४५ करोड ९० लाख ७२ हजार रुपैयाँ थियो ।

संस्थाको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको यसै अवधिको तुलनामा १५ रुपैयाँ ८८ पैसाले बढेर ४९ रुपैयाँ ५२ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६४ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २७ पैसा छ । 

प्रतिकृया दिनुहोस्