ग्राहकलाई नक्कली नोट भिडाउने ज्योति बिकास बैंकको अर्को कर्तुत, फिर्ता भएको चेकको रकमसमेत काटियो (प्रमाणसहित)

  • बैंकिङ संसार 
काठमाडौँ - यसअघि ग्राहकलाई नक्कली अष्ट्रेलियन डलर भिडाएर दु:ख दिएको बैंकले  फेरि ग्राहकलाई दुख दिएको पाइएको छ । २०७६ साल बैसाख १६ गते बैंकमा भुक्तानीका लागि पेश गरिएको चेक फिर्ता भएको भएपनि उक्त रकम भने बैंकले काटेको भनी एसएमएस गरेको छ । यसले बैंक कतिसम्म लापरवाही गर्छ र आफ्ना ग्राहकलाई कतिसम्म दु:ख दिन्छ भन्ने प्रमाणित भएको छ ।

हेर्नुहोस् ग्राहकले भुक्तानीका लागि पेश गरेको भएपनि फिर्ता भएको चेक 

हेर्नुहोस् ग्राहकको मोबाइलमा आएको पैसा काटिएको एसएमएस 
बैंक भन्छ : ४५ दिनपछि रकम फिर्ता हुन्छ 
यस विषयमा बैंकका कर्मचारीको तर्क अझै अचम्मलाग्दो छ । बैंकमा यसरी पैसा काटिएको एसएमएस आएको बारे सोध्दा बैंकका कर्मचारीले यसरी त्रुटीबस् काटिएको रकम ४५ दिनभित्र जम्मा हुने बताएका छन् । तर ४५ दिनसम्म उक्त रकम फ्रीज भएको क्षतिपूर्ति कसले दिन्छ भन्ने प्रश्नमा ती कर्मचारीले भनिन्, 'क्षतिपूर्ति दिने व्यवस्था छैन ।'   

प्रतिकृया दिनुहोस्