ग्लोबल आइएमई बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका १ सय ३७ वटै शाखाबाट बीमा सेवा पाइने

 global ime bank
  • बैंकिङ संसार
काठमाडौँ - ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्