प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा विस्तार, मेयर नेत्रराज अधिकारीले गरे उद्घाटन !

 prabhu bank
  • बैंकिङ संसार
काठमाडौं - प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ स्थित चन्द्रौटामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले गरेका छन् ।

बैंकको चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा पाउने छन् ।

प्रतिकृया दिनुहोस्