एनआइसी एसिया बैंकले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने: ७ वर्ष अवधि, वार्षिक ब्याजदर १०.२५%

 nic asia bank

  • बैंकिङ संसार 
काठमाडौं - एनआइसी एसिया बैंक लिमिटेडले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ४४ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ७ वर्ष अवधि रहने ‘एनआइसी एसिया ऋणपत्र २०८३÷८४’ निष्कासन गर्नेछ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.२५% तोकिएको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।

उक्त  ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकलाई तोकिएको छ। बैंकले ४४ लाख इकाई ऋणपत्रमध्ये ४०% (१७ लाख ६० हजार इकाई) धितोपत्र बोर्डको अनुमतिपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । बाँकी ६०% (२६ लाख ४० हजार इकाई) अन्य संघसंस्थालाई बिक्री हुनेछ ।

प्रतिकृया दिनुहोस्