कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकको शाखा विस्तार, अमित केसी र राजेश रावलद्धारा उद्घाटन

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ - एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीबाट तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट उद्घाटन भएको हो ।

बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्