वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको पुतलीसडक शाखाद्धारा रक्तदान कार्यक्रम

 Kumari Bank
काठमाडौं - कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा आफ्ना विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुको आयोजना गरेका छन् । सोही अवसरमा बैंकको कर्मचारी संघले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा पुतलीसडक शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्ग सहित ११८ जनाले रक्तदान गरेका छन् ।

बैंकले हाल देशभर रहेको ८७ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा, सुविधाहरू प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्