देवः विकास बैंकका सबै शाखाबाट एभरेष्ट इन्स्योरेन्सले प्रदान गर्ने सम्पूर्ण बीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ - देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने छन् । सो सेवा सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्