एक्सेल डेभलपमेन्ट बैंकको १७% नगद लाभांश सुरक्षित गर्न अब कति बाँकी छ समय, चैत ११ मा एजीएम

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्न अब दुई दिन मात्र समय बाँकी रहेको छ । बैंकको चैत ११ गते हुने साधारण सभाका लागि सोमबारदेखि (फागुन २७ गतेदेखि साधारण सभाको दिनसम्म) बुक क्लोज गर्ने भएको छ । त्यसैले उक्त लाभांश पाउन बिहीबार र आइतबार अर्थात जम्मा दिन मात्र नयाँ सेयरधनी बन्ने अवसर हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरणका लागि ११ करोड ७७ लाख ५४ हजार ५७५.७५ रुपैयाँ खर्च गर्ने भएको छ ।

हाल कायम चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको ५५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव लैजानेछ । उक्त प्रस्ताव पारित भएमा कुल ३८ करोड ९ लाख ७० हजार ६८६.२५ रुपैयाँको हकप्रद सयेर जारी हुनेछ । बैंकले अधिकृत पुँजी १ अर्बबाट बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अर्को प्रस्ताव पनि पेश गर्ने भएको छ ।

साधारण सभा चैत्र ११ गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्