अजोड इन्स्योरेन्सले दियो बीमा अभिकर्तालाई आधारभूत तालिम

 AJOD INSURANCE
काठमाडौँ - अजोड इन्स्योरेन्स लिमिटेडका बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न भएको छ । गुल्मी शाखाको आयोजनामा तम्घासमा चैत्र १० र ११ गते सम्पन्न तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताकोको सहभागिता रहेको थियो ।

तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, सिद्धान्त, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नु पर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

इन्स्योरेन्सका प्रवन्धक दीपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा ६६ जना कृषि तथा पशु बीमा अभिकर्ताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्