नेपाल बङ्गलादेश बैंकको ४ नयाँ शाखा सञ्चालनमा, ८५ ठाउँमा सञ्जाल

काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा ८२, ८३, ८४ र ८५औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले फागुन २६, २७ र २८ गतेबाट रसुवा जिल्लाको टिमुरेमा, कन्चनपुर जिल्लाको महेन्द्रनगरमा, कैलाली जिल्लाको टीकापुरमा र बाँके जिल्लाको कोहलपुरमा शाखा सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।

बैंकले सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रतिकृया दिनुहोस्