नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर बर्दियाको बबई चेपाङ्गमा विस्तार

काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखा अन्तर्गत रहेको छ ।


बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्ग जस्ता बैंकिङ्ग कारोवार गर्न सो भेगका जनतालाई सहयोग पु¥याउने छ । सुर्खेत कोहलपुर सडक खण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहु चर्चित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेको छ ।

यस काउण्टरले सुुर्खेत कोहलपुर खण्डमा पर्ने सम्पुर्ण व्यापारिक केन्द्रका साथै छिन्चु, बबई लगायतका जनतालार्ई आर्थिक कारोबार गर्न सहयोग पुर्याउने छ ।

प्रतिकृया दिनुहोस्