नेपाल बंगलादेश बैंकको एजिएम पुस २६ मा, १०.५३% नगद लाभांशसहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

काठमाडौं - नेपाल बंगलादेश बैंकले बिहीबार (पुस २६ गते) साधारण सभा बोलाएको छ । बैंकले १०.५३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट १०.५३ प्रतिशत नगद लाभांश दिन लागेको हो । नगद लाभांश वितरणमा बैंकले ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ खर्च गर्ने भएको छ ।

साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुनेछ । बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गरिदैछ । साधारण सभा गर्नका लागि बैंकले पुस १५ गते बुक क्लोज गरेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीले नगद लाभांश पाउनेछन् । हाल बंगलादेश बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस्